i.
स्थायी लेखा
नम्बर भनेको के हो ?
®
स्थायी लेखा
नम्बर प्रत्येक करदातालाई पहिचान दिना दिइने अद्वितीय र स्थायी संकेत अङ्क हो । यो एकपटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको
प्रकृति एवं अन्य विवरण विदले पनि सो करदाताका लागि सधैंभरि सोही अङ्क कायम रहने
गरी वा कायम रहने भएकाले इसाई लेखा नम्बर भनिएको हो । यसलाई अङ्ग्रेजीमा Permanent
Account Number (PAN) भनिन्छ। व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि
प्रयोग गरिन्छ । यो व्यवसायी रोजगारी एवं लगानीको पहिचान जनाउने नम्बर पनि
हो। कम्प्युटर प्रणालीबाट सिर्जना हुने नौ अंकको नम्बर हुन्छ उदाहरणका लागि 123456789
ii.
PAN लिन किन आवश्यक छ?
®
उद्योग,
व्यापार, व्यवसाय, पेशा तथा रोजगारी गर्ने व्यक्तिले आफुले गर्ने कारोवार, बैकिङ्ग
कारोवार, जारी गर्ने बिल, बिजक, खाता, कागजात तथा आय विवरणमा PAN को उल्लेख गर्न अनिवार्य भएकाले PAN लिनु पर्दछ । यो नम्बरले
करदातालार्इ एउटा विशिष्ट पहिचान दिने भएकाले आफ्नो व्यवसाय गर्न र सोमा (व्यवसाय)
सम्बद्ध राजस्व दाखिला गर्न यो PAN लिएपछि सजिलो
हुन्छ । त्यसैले PAN को आवश्याकता पर्छ ।
iii.
अन्तःशुल्क
लाग्ने वस्तुको कारोबार गर्न के छुट्टै प्यान लिनुपर्छ?
®
अन्तःशुल्क
लाग्ने वस्तुको कारोबार गर्न के छुट्टै प्यान लिनुपर्छ अन्तःशुल्क लाग्ने वस्तुको
कारोबार गर्न पहिला प्यान लिइसकेका व्यक्तिले लिनुपर्दैन अन्तःशुल्क लाग्ने वस्तुको
कारोबार गर्नेले सम्बन्धित आन्तरिक वा करदाता सेवा कार्यालय वा कोष तथा लेखा
नियन्त्रण कार्यलाई इजाजत आवेदन गरी इजाजत पत्र लिनुपर्दछ अन्तशुल्क इजाजत पत्रको
लागि प्यानको प्रतिलिपि पनि संलग्न गर्नुपर्दछ ।
iv.
के प्राकृतिक
व्यक्ति र कम्पनीको प्यान फरक-फरक किसिमको हुन्छ?
®
प्राकृतिक
व्यक्ति र कम्पनीले फरक-फरक PAN लिनु
परे पनि स्थायी लेख एउटै किसिमको विशिष्ट नम्बर (Unique Number) दिएको
हुन्छ संख्याबाट प्राकृतिक व्यक्ति र कम्पनीको छुट्टिँदैन ।
v. आयकरमा दर्ता भर्इ PAN लिइसकेपछि फेरी मूल्य अभिवृद्धि कर
(VAT) को लागि
छुट्टै PAN लिनु पर्छ
त?
®
मूल्य
अभिवृद्धि कर VAT र आयकर दुवै आन्तरिक राजस्व विभागद्वारा प्रशासन गरिन्छ । र
दुवै प्रयोजनका लागि एउटै PAN
दिइन्छ. यसर्थ आयकर तथा मूल्य अभिवृद्धि
कर प्रयोजनका लागि छुट्टै छुट्टै दुईवटा PAN मात्र लिएको व्यवसायीले मु.अ. करयोग्य
कारोबार गर्न चाहेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय/ करदाता सेवा कार्यालयमा
निवेदन दिई मु.अ. करमा समेत दर्ता हुनुपर्दछ
vi. रोजगारीको आय हुने व्यक्तिले PAN लिनु पर्छ कि पर्दैन?
®
रोजगारीको आय
हुने व्यक्तिले पनि PAN लिनुपर्ने गरी आ. ब. २०६६/ ६७ देखि व्यवस्था गरिएको छ. एउटै
मात्र रोजगारदाता भएको अवस्थामा व्यक्तिगत PAN लिनुपर्दछ। यस्तो PAN हुने व्यक्तिको रोजगार दाताले नै पारिश्रमिक भुक्तानी गर्दा कर कट्टि
गरी दाखिला गरिदिने भएकाले आय विवरण पेश गर्नु पर्दैन । तर एकभन्दा बढी रोजगारदाता
भएको अवस्थामा अन्तिम करदायित्व एकिन गरी आय विवरण पेश गर्नु पर्ने भएकाले Business PAN लिनु पर्दछ ।
vii.
मैले
प्रोप्राइटरसीप फर्म बन्द गरी प्राइभेट लिमिटेड कम्पनी खोल्दैछु के मैले कम्पनीका
लागि छुट्टै PAN लिनु पर्दछ?
®
प्रोप्राइटरसीप
फर्म एकल प्राकृतिक व्यक्तिको स्वामित्वमा रहने। र कम्पनी छुट्टाछुट्टै व्यक्तिको
स्वामित्वमा रहने भएकोले प्राइभेट लिमिटेड कम्पनीले एकल प्राकृतिक व्यक्तिको
स्वामित्वमा रहे पनि, छट्टै कानूनी व्यक्ति भएकोले छुट्टै PAN लिनु पर्दछ ।
viii.
मैले
विराटनगरमा खुद्रा पसलको व्यवसाय गर्दा PAN लिएको थिएँ । सो व्यवसाय बन्द गरी
म काठमाण्डौं आए र यहाँ उद्योग स्थापना गर्ने तयारी गर्दैछु । के काठमाण्डौमा
मैले पुनः छुट्टै PAN लिनु पर्दछ ?
®
उही प्राकृतिक
व्यक्ति हो भने ठाउँ वा कारोवारको प्रकृति बदलेपनि पुनः PAN लिई राख्नु पर्दैन । तर परिवर्तन सम्बन्धी सूचना सम्बन्धित आन्तरिक
राजस्व कार्यालय (आफुले PAN लिएको आ.रा.का तथा करदाता सेवा कार्यालय) मा दिई आफ्नो
अभिलेख अद्यावधिक गराउनु पर्दछ । काठमाण्डौमा आई पूनः उद्योग व्यवसाय सूचारु
गर्नुपरेमा व्यवसाय गर्न छनौट भएको स्थान अन्तरगतको क्षेत्रमा पर्ने आन्तरिक
राजस्व कार्यालय / करदाता सेवा कार्यालयम निवेदन दिई PAN लाई Reactivate गर्नुपर्दछ ।
ix.
आन्तरिक राजस्व
विभागले PAN लिएको नलिएको, कागजात (जस्तै विल विजक) मा उल्लेख
गरे नगरेको कसरी थाहा पाउछ ?
®
आन्तरिक राजस्व
विभाग वा मातहतका कार्यालयहरुवाट र राजस्व अनुसन्धान विभाग समेतको मद्दतले PAN लिएको नलिएको, VAT लगायतका करमा दर्ता भए नभएको र बील विजकमा उल्लेख (Quote) गरे नगरेको अनुगमन गर्ने गर्दछ । यसका लागि बजार अनुगमनको विशेष
व्यवस्था गरिएको छ । PAN लिएर मात्र कारोवार गर्नु पर्ने व्यक्तिले PAN नलिई कारोवार गरेको पाइएमा आयकर तथा मू.अ.कर दुबै ऐन बमोजिम आन्तरिक
राजस्व विभागले कानूनी कारवाही गर्न सक्दछ ।
x. E-PAN भनेको के हो?
®
स्थायी लेखा
नम्बर प्रत्येक करदातालाई दिइने नौ अंकको स्थायी संकेत हो । यसलाई अंग्रेजीमा Permanent Account Number र छोटकरीमा PAN
भनिन्छ । Personal तथा Business PAN प्राप्त गर्न आन्तरिक राजस्व कार्यालय वा करदातासेवा कार्यालयवाट
प्राप्त दरखास्त फारम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरुसमेत संलग्न
गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ
भने अर्कोतर्फ आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा गई त्यहां
उपलब्ध फाराम (PAN पाउनका लागि दिइने दरखास्त फाराम) अनलाईनको माध्यमबाट भरी
त्यस्को Print Out वा Submission
Number लिएर आवश्यक पर्ने कागजातहरु समेत संलग्न
गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ ।
यसरी अनलाईनको माध्यमबाट PAN प्राप्त गर्न प्रयोग गरिने माध्यमलाई e-PAN को रुपमा बुझिन्छ ।। e-PAN
भनेको छुट्टै PAN होइन ।
xi.
PAN कसरी जारी गरिन्छ?
®
Personal
तथा Business PAN को लागि आन्तरिक राजस्व विभागको
वेबसाइट www.ird.gov.np मा गई त्यहां उपलब्ध फाराम (PAN पाउनका लागि गरिने दरखास्त फाराम)
अनलाईनको माध्यमबाट भरी त्यस्को Print
Out वा Submission Number लिएर वा
आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्ण
रूपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग
मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ । यसरी दरखास्त प्राप्त
भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जांचबुझ गरी कम्प्यूटर
प्रणालीबाट PAN जारी गर्दछन । सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता
सेवा कार्यालयबाट आवेदकलाई उक्त PAN
को प्रमाणपत्र प्रदान गरिन्छ ।
No comments:
Post a Comment